Premier Cables
Premier Steel

राजनीति

मोरङका ६ निर्वाचन क्षेत्रका उमेदवार मनोननय दर्ता कहाँ-कहाँ ?

Calendar सोमबार, माघ ०५, २०८२  | राती ८:४८ बजे

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि (मंगलबार) उम्मेदवारी दर्ता गरिने भएको छ ।

मोरङका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले सम्पूर्ण तयारी पूरा गरेका छन् ।

बिज्ञापन

निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी मणीराम पोखरेलका अनुसार सबै निर्वाचन क्षेत्र मनोनयन दर्ताका लागि तयार अवस्थामा छन् । भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ को मनोनयन दर्ता उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ । यस्तै, क्षेत्र नम्बर २ को रतुवामाईस्थित विश्वनाथ मन्दिर, क्षेत्र नम्बर ३ को बेलबारी नगरपालिका–३ को वडा कार्यालय, क्षेत्र नम्बर ४ को विराटनगर–१ स्थित त्रिवेणी चोकको बाल उद्यान, क्षेत्र नम्बर ५ को विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय तथा क्षेत्र नम्बर ६ को विराटनगर देवकोटा चोकमा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा मनोनयन दर्ता गरिनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आवश्यक सुरक्षा व्यवस्था तथा जनशक्ति परिचालन पूरा भइसकेको जनाएको छ । मोरङका यी छवटै निर्वाचन क्षेत्रमा राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गर्नेछन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka