Premier Cables

कोशी प्रदेश

मार्बल ट्रक दुर्घटना मृतकका परिवारलाई ११ लाख क्षतिपूर्ति, महासंघ भने असन्तुष्ट !

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बर्जु गाउँपालिका–१ मा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रशासनिक निर्णयप्रति नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले कडा आपत्ति जनाएको छ।

महासङ्घले उक्त निर्णय प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनको स्पष्ट उल्लङ्घन भएको दाबी गर्दै यसले समग्र यातायात व्यवसायलाई सङ्कटमा पार्ने चेतावनी दिएको छ।

विज्ञापन

महासङ्घका अनुसार कानुनमा स्पष्ट व्यवस्था हुँदाहुँदै प्रशासन र प्रहरीको दबाबमा व्यवसायीलाई मनपरी सहमतिमा ल्याइनु न्यायसङ्गत होइन। गत माघ २ गते बिहान करिब ५ः३० बजे विराटनगरबाट राजविराजतर्फ मार्बल बोकेर जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकछेउमा पल्टिँदा चन्द्रबहादुर गुरुङ, निशम कुमार गुरुङ, धिरेन्द्र गुरुङ, टंकबहादुर गुरुङ र ब्रह्मदेव गुरुङको मृत्यु भएको थियो।

दुर्घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा बसेको बैठकले प्रति मृतक ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार रोयल मार्बल प्रालिले ४ लाख ५० हजार रुपैयाँ व्यहोर्ने र बाँकी रकम विभिन्न चरणमा भुक्तानी गर्ने सहमति गरिएको छ।

महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार मृतकका हकदारलाई अधिकतम ५ लाख रुपैयाँ क्षतिपूर्ति र ५० हजार रुपैयाँ क्रियाखर्चको व्यवस्था मात्र रहेको स्मरण गराउँदै प्रशासनिक सहमतिका नाममा व्यवसायीमाथि अतिरिक्त आर्थिक भार थोपर्ने काम भएको बताए।

यसैबीच, कोशी प्रदेश संयोजक विनोद खड्का र उपाध्यक्ष विद्यापति उपाध्यायको नेतृत्वमा शनिबार बसेको यातायात व्यवसायीहरूको बैठकले उक्त निर्णय तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka