Premier Cables
Premier Steel

राष्ट्रिय

सुनसरी दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको पहिचान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | बिहान ११:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलमा बस र विङ्गर माइक्रो ठोक्किँदा दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।

त्यस घटनामा घाइतेहरुको विवरणसमेत प्रहरीले दिएको छ । घटनामा पहिले तीन जनाको मृत्यु भएको जनाइएको भएपनि चार जनाको निधन भएको प्रहरीले जनाएको छ । २४ जना घाइते भएका छन्।

बिज्ञापन

दुर्घटनामा मृत्यु हुने चारमध्ये तीन जनाको पहिचान खुलेको छ। सप्तरीका ३५ वर्षीय शंकर मण्डल, ७० वर्षीय लक्ष्मण सदा, र विराटनगरका अशोक यादव (अनुमानित) मृतकमध्ये परेका छन्। यद्यपि अशोक यादवको पहिचान पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। चौथो मृतक ४५–५० वर्षीया महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन।

मृतकहरूलाई ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल, भोक्राहामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा घाइते भएका २४ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको कोशी प्रदेश ट्राफिक प्रहरीका निमित्त प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।

सवारी दुर्घटना सोमबार बिहान ७:१५ बजे, काँकडभिट्टाबाट खोटाङ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठोक्किएर भएको हो।

घाइतेहरूमध्ये केहीको भोक्राहाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल, केहीको विराटनगरस्थित गोल्डेन अस्पताल, र अन्यको विराट नर्सिङ होम मा उपचार भइरहेको छ।

घाइते

अम्बिका राई (मोरङ),

निरुता परियार, निर्मला परियार (खोटाङ),

रविन्द्र मण्डल (सप्तरी),

रेनुका श्रेष्ठ (उदयपुर),

खगेन्द्र थापा, सन्तोष खत्री (झापा),

सविन राई (इलाम),

शोभा यादव (विराटनगर),

अरमता राय (सप्तरी),

रुद्र राय (१० वर्ष),

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka