Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङका खाली क्षेत्रमा कस्ले पाउला एमालेको टिकट ? विनोद ढकाल राखिए ‘होल्ड’मा

Calendar आइतबार, माघ ०४, २०८२  | बिहान १०:०६ बजे

विराटनगर । नेकपा एमालेले मोरङका दुई वटा निर्वाचन क्षेत्र छाडेर बाँकी चारमा उमेदवारको टुंगो लगाएको छ ।

यसको सबै जिम्मेवारी एमाले अध्यक्ष केपी ओलीलाई दिइएको छ । तर, खाली रहेका क्षेत्र नं ५ र ६ मा कसले टिकट पाउने हुन भन्ने अड्कलबाजी शुरु भएको छ ।

बिज्ञापन

एमालेले क्षेत्र नं १ मा पार्टीका कोशी अध्यक्ष घनश्याम खड्कालाई उमेदवार बनाउने टुंगो लगाएको छ । उनी २०४८ सालदेखि पटक पटक सोही क्षेत्रमा निर्वाचन लड्दै आएका नेता हुन् । अघिल्लो पटक भने कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित बनेका थिए । यस पटक लिम्बू विशेष महाधिवेशनमा नखुलेको र देउवातिर लागेका कारण उनले टिकट पाउने सम्भाना देखिएको छैन ।

मोरङ २ मा एमालेले रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई उमेदवार बनाउँदै छ । उनी स्थानीय तहमा काम गरेका कारण निकै लोकप्रिय छन् । त्योक्षेत्र यसअघि ऋषिकेश पोखरेलले पाएका थिए ।

मोरङ–३ मा दिलीप राई र मोरङ–४ का जीवन घिमिरेलाई अघि सारिएको छ । उनीहरू यसअघि प्रदेशसभामा पराजित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उनीहरू दुबै नयाँ अनुहार हुन् ।

मोरङ ४ मा यसअघि विनोद ढकाल उठेका थिए । यसपटकको सूचीमा उनको नाम छैन । उनी एमाले महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट सचिवको उमेदवार थिए । मोरङ–५ र ६ भने अध्यक्षको निर्णयका लागि खाली राखिएको छ । मोरङ ६ मा भने एमालेका लालबाबु पण्डित, पर्शुराम बस्नेत र सत्यनारायण चौधरीको नाम चर्चामा छ ।

यसैगरी ५ मा भने एमालेबाट मनोज अग्रवालले टिकट पाउने सम्भावना रहेको बताइन्छ । तर, राष्ट्रिय उर्जाशिल पार्टीका संयोजक योगी मण्डललाई समेत सहयोग गर्नसक्ने अड्कलबाजी पनि भईरहेको छ । ि

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news