Premier Cables
Premier Steel

राजनीति

कांग्रेस विशेष महाधिवेशनः यस्तो छ आजको कार्यतालिका

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष २८, २०८२  | बिहान १०:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र आयोजना हुँदैछ। भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको थियो भने आज बन्द सत्रको कार्यसूची तय गरिएको छ।

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको प्रारम्भमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गर्ने कार्यतालिका रहेको छ। त्यसपछि नौ वटा समूह गठन गरी चारवटा मुख्य विषयमा नीतिगत छलफल गरिनेछ।

छलफलका विषयहरूमा विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र समसामयिक मुद्दा समेटिएका छन्। यी विषयमा बृहत् छलफल हुने पोखरेलले जानकारी दिए।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा छलफल हुनेछ। यदि नेतृत्व परिवर्तन गर्ने निर्णय भएमा निर्वाचन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए। नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेकाले मतदान आवश्यक नपर्न सक्ने उनको भनाइ छ।

यसैबीच महाधिवेशन प्रतिनिधिहरूको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म सञ्चालन हुने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौं आइपुगेका कारण बिहान ८ बजेदेखि सुरु भएको दर्ता प्रक्रियामा सहभागी भएका हुन्। दर्ता कार्यक्रम ११ बजेसम्म जारी रहने व्यवस्था गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka