Premier Cables
Premier Steel

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक: के गर्यो निर्णय?

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०२, २०८३  | साँझ ७:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सम्पन्न, विभिन्न समिति गठन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा सभापति गगनकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा महामन्त्री गुरूराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए।

बिज्ञापन

बैठकमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनका सम्बन्धमा छलफल गरिएको थियो। उक्त प्रतिवेदन अध्ययन गरी सुझाव दिन वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले पेश गरेको निष्कर्षमाथि विस्तृत विचार-विमर्श भएको जनाइएको छ।

मुख्य निर्णयहरू
बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै पार्टीका संरचनात्मक निकायहरू गठन गरेको छ:

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा विश्वप्रकाश शर्मा नियुक्त

निर्वाचन ब्यूरोको संयोजकमा पुष्पा भुसाल चयन

सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन, संयोजकमा प्रदीप पौडेल

संगठन परिचालन तथा समन्वय समिति गठन, संयोजकमा गुरूराज घिमिरे

अन्य राजनीतिक दलसँग संवादका लागि अर्जुननरसिंह के.सी.को संयोजकत्वमा समिति गठन

मर्यादाक्रम निर्धारण समिति चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन

सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ जेठ १ गतेदेखि लागू हुने निर्णय

त्यसैगरी, पार्टीभित्र एकता कायम राख्दै १५ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सभापति थापालाई सबै नेताहरूसँग संवाद गर्ने जिम्मेवारी दिइएको छ।

बैठकमा उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्दै संगठन सुदृढीकरण र आन्तरिक एकतामा जोड दिएका थिए।

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक वैशाख ३ गते दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka