Premier Cables
Premier Steel

राजनीति

देउवाले बोलाए कांग्रेस पूर्व र पदाधिकारीको बैठक

Calendar आइतबार, पुष २०, २०८२  | अपराह्न १:१५ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् ।

देउवाले पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न आफ्नो पक्षका पदाधिकारी र पूर्वपदाधिकारीलाई निवासमै डाकेका हुन् । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।

बिज्ञापन

तर, बैठकमा संस्थापन इतरका पदाधिकारीलाई नडाकिएको संस्थापनइतर पक्षका एक पदाधिकारीले पुष्टि गरे ।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर असोज २८ मा केन्द्रीय कार्यालयबाट उपचारका लागि बिदा लिएका सभापति देउवाले कार्यवाहक फिर्ता लिएका छैनन् । त्यसयता उनी कांग्रेसका बैठकमा पनि सहभागि छैनन् ।

तर, संस्थापनइतरका नेता डा. शेखर कोइरालादेखि महामन्त्रीद्वयसम्मले पनि देउवासँग उनकै निवासमा पटकपटक छलफल गरिरहेका छन् ।

यता, संस्थापन पक्षका कार्यवाहक सभापतिदेखि पदाधिकारी र पूर्वपदाधिकारीले देउवाकै सल्लाहमा मात्र काम गरिरहेका छन् ।

असोज २८ मा कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर गएपछि नटुंगिएको बैठक देउवाकै सक्रियताबाट मंसिर १५ मा टुंगिएको थियो ।

त्यसयता पनि सभापति देउवाले लगातार बैठक र छलफल जारी राखेका छन् ।

कांग्रेसले वैशाख २८–३१ सम्म महाधिवेशन गर्ने गरी पुस २६–२८ को महाधिवेशनको मिति सारेपछि महामन्त्रीहरूले विशेष महाधिवेशनको गृहकार्य अघि बढाएका छन् ।

यस विषयमा संस्थापन पक्षले आज रणनीति निर्माण गर्न लागेको हो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka