Premier Cables
Premier Steel

कोशी प्रदेश

सडक पूर्वाधार निर्माण दीर्घकालसम्म हुने गरी बनाइनु पर्छः मुख्यमन्त्री कार्की

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | अपराह्न २:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सडक पूर्वाधार निर्माण दीर्घकालसम्म हुने गरी बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा सिमेन्ट उत्पादक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हाम्रा पूर्वाधार निर्माण गर्दा बलियो र लामो समयसम्म टिकाउ हुने बनाउनुपर्ने बताए ।

बिज्ञापन

सानासाना कुरामा लोभिएर दीर्घकालसम्म हुने दिगो विकास गर्न नसकेको चर्चा गर्दै उनले दिगो विकास गर्नका लागि स्वदेशी कच्चा पदार्थलाई प्रयोग गर्दै दीर्घकालसम्म हुने गरी काम गर्नुपर्ने बताए ।

जेठ लागेपछि पिच बनाउन थाल्ने अनि असार नलाग्दै भत्किने भन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने,‘‘जेठमा बनाउने असारमा भत्किने होइन। अब समयमै काम गर्ने र समयमै सिद्धिने गरी काम गर्नुपर्छ।’’ कोशी प्रदेश सरकारले प्रदेशकै कच्चा पदार्थ उपयोग गर्ने गरी नीति ल्याउने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले यस वर्षदेखि कर्मचारीलाई पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने तयारी भइरहेको बताए ।

संघीय सरकारले तोकेको रकम थप प्रदेश सरकारले रकम दिएर कोशी प्रदेश उत्पादन हुने पोशाक लगाउने नीति चाँडै नै ल्याइने बताए । उनले नकारात्मक भावना त्यागेर सकारात्मक भावना विकास गर्दै विकास निर्माण र समृद्धिमा लाग्नुपर्ने आजको आवश्यकता औल्याए । कार्यक्रममा सिमेन्टको प्रयोगबाट निर्माण हुने सडकको टिकाउ र दीर्घकालका विषयमा नेपाल सरकारका पूर्व सचिव अर्जुन जंग थापाले प्रस्तुति गरेका थिए ।

नेपालमा करिब ६५ वटा सिमेन्ट उद्योग भएको र नेपाल क्रमश सिमेन्टमा निर्भर हुँदै विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेकाले सिमेन्ट उत्पादन बढाएर स्वदेशमा खपत गर्न सके देशले ठूलो लाभ लिने उहाँले बताउनुभयो। नेपाल उद्योग वाणिज्य कोशिका अध्यक्ष संसारभर नै सिमेन्टबाट सडक बनाउने प्रविधि स्थापित हुन थालेको बताउँदै उत्पादन वृद्धि गर्नेमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेश सरकार र स्थानीय तहमा कार्यरत इन्जिनियरहरूको सहभागिता रहेको थियो। सो कार्यक्रममा प्रयोगबाट कसरी टिकाउ र बलियो संरचना र सडक बनाउने विषयमा छलफल र अन्तरक्रिया हुने सिमेन्ट उद्योग संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka