Premier Cables
Premier Steel

कोशी प्रदेश

चिसो बढेपछि पर्सिसम्म सुनसरीका स्कुल बिदा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष १६, २०८२  | बिहान १०:५४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीमा चिसो अत्यधिक बढ्दै गएपछि शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित भएको छ।

यसै कारण जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएका छन्। स्थानीय तहहरूले पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

इटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिएको छ।

उपमहानगरको शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्तो निर्णय लिनुपरेको हो।

यसैगरी सुनसरीका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द रहनेछन्।

स्थानीय प्रशासनले अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानो वातावरणमा राख्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka