विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बी आई टी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ ।
बी आई टीको आगामी शैक्षिक सत्र अर्थात (अगष्ट २०२६) देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताउनुभयो ।
कोशी प्रदेशमा नीजि शिक्षण संस्था तर्फ केयू को सम्बन्धन प्राप्त गर्ने एभरेष्ट पहिलो संस्था बनेको छ । यद्यपी विराटनगरकै एस्पायर कलेजमा भने स्कुल अफ इन्जिनियरिङको विस्तारित कार्यक्रम अनुसार अध्यापन हुँदै आएको थियो ।
आइतबार एक कार्यक्रमका बिच काठमाडौं विश्वविद्यालयका डिन प्रा. डा. मनिष पोखरेल र एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । यो सँगै एभरेष्टले तत्कालका लागी ३० जना पढाउने कोटा प्राप्त गरेको कलेज प्रशासनले जानकारी दिएको छ ।
विराटनगरबाट नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको एभरेष्टले स्नातक तहमा आउँदो सत्रदेखि अध्यापन सुरु गर्ने जनाएको छ ।
यो सँगै कोशी प्रदेशका विद्यार्थीले केयूको बीआईटीको शिक्षा लिन काठमाडौं नै पुग्नुपर्ने बाध्यता समेत हटेको छ । सूचना प्रविधिको अहिलेको समयमा युवा विद्यार्थीहरूमा आईटी तर्फको आकर्षण समेत बढ्दै गएको छ ।
