Premier Cables
Premier Steel

विराटनगर

राष्ट्रपति रनिङ शिल्डको उपाधी विराटनगरको एभरेष्ट स्कुललाई

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष १३, २०८२  | बिहान ११:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ ।

एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो ।

विज्ञापन

विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य गरि २६ पदकका साथ आदर्श माविले दोेस्रो स्थानमा चित्त बुझायो । त्यस्तै ८ स्वर्ण ७ रजत र ७ कास्य गरि २२ पदकका साथ सत्यनारायण मावि तेस्रो बन्न सफल भयो ।

शुक्रबार भएको छात्र ट्रिपल जम्पमा जनता माविका समिर राजवंशीले स्वर्ण, सत्यनारायणका रोहन शर्मा रजत र आदर्श माविका अमन राजवंशीले कास्य पदक जिते भने ट्रिपल जम्प छात्रातर्फ स्टार माविकी प्रिया मिश्रले स्वर्ण, मिल्स माविकी तरबा खातुनले रजत र आदर्शकी मोहिनी दासले कास्य पदक जितिन् ।

त्यसैगरी ८ सय मिटर दौड छात्रतर्फ सत्यनारायणका नितेश भट्टराईले स्वर्ण, जनता नमुना माविका समिर राजवंशीले रजत र ग्यालेक्सी माविका विवश अधिकारीले कास्य पदक हात पारे ।

२ सय मिटर छात्रतर्फ महेन्द्र माविका विराट राजवंशीले स्वर्ण, अरनिको माविका अभिषेक यादव रजत र जनता नमुनाका आयुष राजवंशीले कास्य पदक जिते ।

२ सय मिटर दौडको छात्रातर्फ सरस्वती माविकी फूलकुमारी राजवंशीले स्वर्ण , स्टार माविकी प्रिया मिश्रले रजत र आदर्श माविकी एन्जिला भट्टराईले कास्य पदक जितिन् ।

भलिबलमा प्लेयर अफ टुर्नामेन्ट छात्रतर्फ पोखरीका अरिबहादुर परियार र छात्रातर्फ विकेभिएमका सलिस्मा सिंह घोषित हुँदा कवडीतफ छात्रमा महेन्द्रका दिपेश राजवंशी र छात्रातर्फ सत्यनारारयणकी संन्तोषी राँय घोषित भइन्।

पुस ९ देखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।

विजेयी खेलाडी तथा विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रतियोगिताको संयोजन गरेको विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले पुरस्कार तथा ट्रफि वितरण गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka