Premier Cables
Premier Steel

समाचार

शेयर बजारमा झिनो अंकको सुधार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०९, २०८२  | अपराह्न ३:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात १.३७ अंकले बढेर २ हजार ५८५.८७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४४८.५३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘अहिले पोलिटिकल सिनारियोले गर्दा बजार माथि जान सकिरहेको छैन । साथै, पुस मसान्त पनि लागेको हुँदा बजार बढ्न नसक्नुको अर्को कारण हो । आज झिनो अंकले बजार बढेको देखिएपनि समग्रमा बजार माथि उक्लिन सकिरहेको छैन । तर बजारको अवस्था हेर्दा अब यो भन्दा तल नजाला भन्ने हो । बजार यो भन्दा घट्ने स्थिति सकिएको जस्तो देखिन्छ । यदि राजनीतिक माहोल राम्रो बन्ने र नयाँ पोलिसी आयो भने एक चरण बजार बुस्ट हुने देखिन्छ ।’

त्यस्तै, अर्का बजार जानकार गोविन्द्र प्रसाद घिमिरे भन्छन्, ‘अहिलेको बजार बढ्नका लागि थुप्रै पोजिटिभ आधारहरु भएतापनि देशको राजनीतिक अवस्थाले गर्दा लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन । विशेषगरी जेनजी आन्दोलनपछि ठूला व्यवसायीहरुको धनसम्पत्तिमा ठूलो क्षति पुगेपछि बजारमा लगानी गर्न सकिरहेका छैनन् । पहिले पनि वियरिस ट्रेन्ड हुँदा बजार बढाउनमा ठूला लगानीकर्ताको हात हुन्थ्यो तर यसपटक ती लगानीकर्ताको आफ्नो व्यवसायमा क्षति पुग्दा बजारमा थप लगानी गर्न सकिरहेका छैनन् र अहिले पर्ख र हेरको अवस्थामा छन् । अहिले लङ टर्म इन्भेष्टमेन्टका लागि केही हदसम्म राम्रो होला तर पूर्ण रुपमा सेयरबजार अहिले ट्रेडरहरुको हातमा छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटामा रातो पोतियो। आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ०.८७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.५२, होटल ०.३६, उत्पादन तथा प्रशोधन ०.११, म्युचुअल फण्ड ०.४५ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।

आज विकास बैंक समूह सर्वाधिक अर्थात ०.८५ प्रतिशतले घट्यो। यस्तै फाइनान्स समूह ०.५५ प्रतिशत, हाईड्रो ०.२९, लगानी ०.०४, जीवन बीमा ०.०७, लघुवित्त ०.१६ र अन्य समूह ०.२८ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka