Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा निर्वाध घुम्ने साँढेलाई धारिलो हतियार प्रहार, प्रहरी रोहवरमा उपचार शुरु

Calendar मंगलबार, पुष ०८, २०८२  | बिहान १०:१७ बजे

विराटनगर । विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा निर्वाध शयर गर्ने एउटा साँढे (बयल) माथि सांघातिक आक्रमण भएको छ ।

सेन्ट्रल मल पछाडि पेटमा धारिलो हतियार प्रयोग गरेको गहिरो घाउ बनाई दिएको अवस्थामा साँढे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।

बिज्ञापन

नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ । विराटनगर महानगरको महानगर प्रहरीले घटनाबारे तत्कालै महानगरको पशुपंक्षी महाशाखालाई खबर गरी चिकित्सक मगाएको छ ।

महानगरका पशु चिकित्सकको टोलीले साँढेलाई अर्ध बेहोस बनाएर उपचार गर्न शुरु गरेको छ ।

धारिलो हतियारले पेट नै छेडिने गरी कसले आक्रमण गरेको हो भन्न खुल्न नसकेपनि घटनाबारे छानबिन शुरु गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार बन्चरो वा खुकुरीले साँढेलाई प्रहार गरेजस्तो देखिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka