Premier Cables
Premier Steel

राजनीति

जेनजी मिराज समूह प्रदर्शनका क्रममा केही युवा पक्राऊ

Calendar सोमबार, पुष ०७, २०८२  | अपराह्न १२:२० बजे

काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ समूहका सदस्यहरू आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले आन्दोलनको घोषणा गर्दै सोमबार (पुस ७) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

बिज्ञापन

प्रदर्शनका क्रममा मिराज सडकमा सुतेका छन्। प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको छ। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको छ भने आन्दोलनमा सहभागी केही जेनजी सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालयले सो स्थानमा प्रदर्शनका लागि अनुमति नदिएकाले अनुमति विपरीत प्रदर्शन भएको भन्दै प्रहरीले हस्तक्षेप गरेको जनाएको छ।

मिराजसहित जेनजी समूहले सर्वपक्षीय सरकार गठनलगायत विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka