Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्रीको राजीनामा माग गर्दै जेनजी मिराज समूह सडकमा, बालुवाटारमा गरे प्रदर्शन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १०, २०८२  | साँझ ७:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै ‘जेनजी’ अभियानका अगुवा मिराज ढुंगानाको समूहले बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेको छ।

सरकारले ‘जेनजी’ आन्दोलनको भावना विपरीत कदम चालेको आरोप लगाउँदै उनीहरूले प्रधानमन्त्रीले पद त्याग्नुपर्ने माग राखेका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले “प्रधानमन्त्री राजीनामा दे”, “जेनजीका माग पूरा गर”, “दोषीलाई कारबाही गर” जस्ता प्लेकार्डसहित नाराबाजी गरेका थिए।

बिज्ञापन

प्रधानमन्त्री निवासको गेटबाहिर भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई हटाएको थियो। सो मौका ढुंगानाले सरकार चुनावमा मात्र केन्द्रित रहेको र ‘जेनजी’ आन्दोलनको मूल उद्देश्यबाट विमुख भएको आरोप लगाए।

समूहले अघि सारेको ९ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। ढुंगानाका अनुसार वर्तमान अवस्थामा हुने निर्वाचनले देशलाई समाधान नदिने भएकाले ‘जेनजी’ विद्रोहलाई तत्काल राजनीतिक आन्दोलनको रूपमा मान्यता दिनुपर्छ। साथै, सहिद परिवार र घाइतेहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि दोहोर्याइएको छ।

‘जेनजी’ आन्दोलनका क्रममा भएको दमन तथा आगजनीमा संलग्नलाई कारबाही गर्नुपर्ने उनीहरूको अर्को माग हो। यसअघि मंगलबार पनि सो समूहले सिंहदरबार क्षेत्र वरपर प्रदर्शन गरेको थियो। उनीहरूको भनाइमा, आफ्ना माग प्रधानमन्त्रीलाई बुझाउने प्रयास गर्दा प्रधानमन्त्रीले समय नदिएको आरोप समेत लगाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka