Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी राजमार्गमा सडकमै चालकको स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रम

Calendar आइतबार, पुष ०६, २०८२  | बिहान ११:१० बजे

विराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले कोशी राजमार्गमा सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय नेमुवाले सडकमै स्वास्थ्य शिविर सञ्चालन गरी परीक्षण थालेको हो ।

बिज्ञापन

प्रहरीका अनुसार राजमार्गमा खटिएका सवारी चालक र सहचालकको नियमित स्वास्थ्य जाँच गरिँदै आएको छ । यस अभियानमा यातायात व्यवसायीहरूको पनि सकारात्मक सहयोग रहेको जनाइएको छ ।

नेमुवा, खनार, दुहबी लगायत कोशी राजमार्गका विभिन्न स्थानमा सञ्चालन भइरहेको उक्त अभियान यात्रुवाहक बस, टिपर, म्याजिक, सिटी सफारी, मोटरसाइकललगायत सवारीसाधनबाट हुने दुर्घटना र त्यसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार हालसम्म ४१ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा १० जनाले मादक पदार्थ सेवन गरेको (मापसे) पुष्टि भएपछि उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय इटहरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरी स्वयं कार्यक्षेत्रमा खटिएर चालकहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिएका छन् । यस्तो अभियानले सडक दुर्घटना न्यूनीकरणमा प्रभावकारी सहयोग पुग्ने उनले बताए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka