Premier Cables
Premier Steel

विराटनगर

कोसी प्रहरी कार्यालय परिसरमै च्यातिएको झण्डा !

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, साउन २०, २०८२  | साँझ ५:४८ बजे

विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालयको भवनअगाडि फहराइएको नेपालको राष्ट्रिय झन्डा च्यातिएको अवस्थामा देखिएको छ।

राष्ट्रको गरिमा र सम्मानको प्रतीक झन्डा यसरी क्षतविक्षत अवस्थामा फहराइँदा समेत सम्बन्धित निकायले बेवास्ता गरेको देखिन्छ।

बिज्ञापन

सधैँ प्रहरी प्रमुख र उच्च अधिकारीहरूको आवागमन हुने सो कार्यालयको अगाडि च्यातिएको झन्डा फहरिनु गम्भीर लापरबाही हो । त्यत्तिकै नजिकै रहेको नेपाल प्रहरीको झन्डा समेत रङ उडेर जीर्ण अवस्थामा पुगेको छ।

स्रोतका अनुसार कार्यालयमा दैनिक झन्डा उठाउने र झार्ने प्रक्रिया अपनाइन्छ, तर च्यातिएको झन्डा अझैसम्म फेर्न पहल गरिएको छैन। यो दृश्य नदेखिएको भन्न सकिन्न, तर देखेर पनि अनदेखा गरिएको आशंका गरिएको छ।

राष्ट्रिय झन्डा मुलुकको सम्मान, एकता र सार्वभौमिकताको प्रतीक पनि हाे । प्रहरी प्रशासन स्वयं अनुशासन र मर्यादाको उदाहरण प्रस्तुत गर्ने संस्थाको रूपमा चिनिन्छ। त्यही संस्थाको कार्यालयमा राष्ट्रिय झन्डाको यति ठूलो बेवास्ता भएकाे हाे ।

राष्ट्रिय झन्डा प्रयोग सम्बन्धी सरकारको कार्यविधि छ । यसले झन्डाकाे महत्व दर्शाउने गरीमात्र यसको प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । यस सम्बन्धी कार्यविधि २०६९ ले नेपालको राष्ट्रियता झल्काउने प्रतीकका रुपमा लिएको छ । तर, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय अगाडि फहराई रहेको झन्डाले भने प्रहरीकाे निकायलाइ नै गिज्याइ रहेकाे जस्ताे भएकाे देखिन्छ ।

झण्डा पुरानो भई रंग उडेको छ । खुईलिएको झण्डा ठाउँठाउँमा च्यातिएको पनि छ । तर, यसतर्फ प्रहरी कार्यालयका प्रमुखको समेत ध्यान नगएको पाइएको छ ।

प्रदेशकै शान्ति सुव्यवस्था कायम गर्न स्थापित कार्यालयमै झन्डाकाे यो टिठलाग्दो अवस्थाले जो कोहीको ध्यान खिच्छ ।

राष्ट्रिय झन्डा सम्बन्धी कार्यविधिमा राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन नपाउने व्यवस्था छ ।

उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइँदैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka