Premier Cables
Premier Steel

राजनीति विराटनगर

मोरङ-२ कांग्रेस क्षेत्रीय सभापतिमा बस्नेतको चर्चा

Calendar सोमबार, मंसिर २९, २०८२  | साँझ ६:५८ बजे

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर-२ को सभापतिमा देवेन्द्र बहादुर बस्नेत उठ्ने तयारी गरेका छन् । यसबारे कांग्रेस वृत्तमा समेत चर्चामा छ।

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका बस्नेतले आउँदै गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आफू क्षेत्रीय सभापतिको उम्मेदवारका रूपमा अघि बढिरहेको जानकारी दिएका छन्।

बिज्ञापन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले यही पुस १६ गतेबाट वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। वडा अधिवेशनपछि नगर, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरी पुष २६ देखि २८ गतेसम्म केन्द्रको महाधिवेशन गर्ने तयारी केन्द्रिय समितीले थालेको छ । यसैअनुसार हाल पार्टीले वडास्तरमा क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम गरिरहेको छ।

हाम्रो विराटनगरसँग कुरा गर्दै कांग्रेस नेता देवेन्द्र बहादुर बस्नेतले भने,
“म २०५० सालदेखि नेपाली कांग्रेसको एक इमानदार कार्यकर्ताका रूपमा कुनै लाभको पद नलिई यहाँसम्म आइपुगेको हुँ। अब हुने अधिवेशनमा मेरो तयारी क्षेत्रीय सभापतिको रहनेछ।”

हाल क्षेत्रीय समितिका उपसभापति समेत रहेका बस्नेत कांग्रेस कार्यकर्तामाझ लोकप्रिय मानिन्छन्। सहयोगी भावना, सबैलाई समान व्यवहार र पार्टीप्रति समर्पणका कारण उनी सबैका प्रिय पात्रका रूपमा स्थापित भएका छन्।

२०५० सालदेखि नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय बस्नेत साविक अमरदह गाविस सभापति, क्षेत्रीय सदस्य, दुई पटक जिल्ला सदस्य हुँदै हाल नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–२ (ख) का सभापतिको रूपमा कार्यरत छन्।

जिल्लाका अन्य समितिहरूले धेरै कार्यक्रम गर्न नसकिरहेको अवस्थामा बस्नेतको नेतृत्वमा पार्टी पंक्तिलाई एकताबद्ध राख्दै जितीया, होली लगायत विभिन्न अवसरमा कार्यक्रमहरू आयोजना गर्दै आएको कांग्रेसका क्षेत्रीय समिति सदस्यहरू बताउँछन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि विचलित भएका पार्टीका सहकर्मी तथा कार्यकर्तालाई एकताबद्ध गर्दै आगामी निर्वाचनमा जेनजी पुस्तालाई साथमा लिएर नेपाली कांग्रेसको जित सुनिश्चित गर्न आफू सक्रिय रूपमा लाग्ने बस्नेतले बताएका छन्।

बस्नेत समाजिक सेवामा समेत सकृय रहेका छन,उनले वैदेशिक रोजगारिमा रहेर अलपत्र परेदेखि खर्च अभावले उपचार अपाएकालाई आर्थिक र ब्यावहारिक सहयोग गर्दै आएका छन । उनको ब्यावहारका कारण उनी पार्टी पंक्तिमा मात्रै नभएर आम जनतामाझ समेत लोकप्रिय छन ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka