Premier Cables
Premier Steel

राजनीति

जसपाको सर्कुलर, पुस १० भित्र उमेदवार सिफारिस

Calendar आइतबार, मंसिर २८, २०८२  | बिहान १०:२३ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन मातहतका समितिहरूलाई सर्कुलर जारी गरेको छ ।

पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र उम्मेदवारको नाम जिल्ला समितिमा पठाउनुपर्ने छ । जिल्ला समितिले आवश्यक निर्णयसहित पुस १५ गतेभित्र ती नामहरू प्रदेश समितिमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बिज्ञापन

प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीमाथि निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म सम्भावित उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा पठाउन सर्कुलर गरिएको छ ।

समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले जातीय क्लस्टर अनुसार समावेशी हुने गरी कम्तीमा तीन जना पुरुष र तीन जना महिलाको नाम प्रदेश समितिमा पठाउनुपर्ने छ । प्रदेश समितिले छलफलपछि आफ्नो रायसहित उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा सिफारिस गर्नुपर्ने बस्नेतले जानकारी दिए ।

निर्धारित समयभित्र प्रत्यक्ष वा समानुपातिकतर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा नपुगेमा संसदीय बोर्डले नै उम्मेदवार मनोनयन गरी प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ ।

संघीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरूको बैठक निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

उम्मेदवारहरूको अन्तिम निर्णय भने संघीय संसदीय बोर्डले नै गर्ने जसपा नेपालले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka