Premier Cables
Premier Steel

राजनीति

जसपाद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्ता

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | साँझ ४:३१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यसअघि पार्टी कार्यकारिणी समितिले नै समर्थन फिर्ताको निर्णय गरिसकेको भए पनि, त्यस क्रममा जसपाका नेताहरूले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग संवाद तथा भेटवार्ता गरेका थिए।

भेटवार्तामा भूमि विधेयकका विषयवस्तु र सत्ता सहकार्य लगायतका मुद्दामा छलफल भए पनि, जसपा नेपालले भूमि विधेयकप्रति आफ्नो अडान यथावत राख्ने निर्णय गरेको थियो। ओली र देउवाले संवादबाट समाधान खोज्न सकिने धारणा राखे पनि, पार्टीले आफ्नो अडान नबदल्ने स्पष्ट संकेत दिएपछि समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka