Premier Cables
Premier Steel

राजनीति

पार्टी विधान संशोधन गर्दै एमाले

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | साँझ ४:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। दिउँसो १ बजे बोलाइएको बैठक तोकिएको समयभन्दा ढिलोगरी सुरु भएको हो।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनको मोडालिटी सम्बन्धी एजेन्डामा छलफल हुने कार्यक्रम छ।

बिज्ञापन

पार्टी स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीहरूको संख्या बढाउने उद्देश्यले विधान संशोधन प्रस्ताव प्रस्तुत गरिँदैछ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकटका नेताहरूले महाधिवेशनले लिएको निर्णय उल्ट्याउनु नहुने अडान कायम राखेका छन्।

यही मतभेदका कारण सचिवालय बैठक पेचिलो बन्ने संकेत देखिएको छ। विशेषतः पोखरेलले पेस गरेको दस्तावेजमाथि छलफल नगर्ने तयारीले बैठकप्रति नेताहरूको ध्यान अझै बढेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka