Premier Cables
Premier Steel

राजनीति

विद्यादेवी भण्डारीलाई एमाले फर्कन नदिइने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन ०७, २०८२  | बिहान ८:११ बजे

काठमाडौँ नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको हो।

बिज्ञापन

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भण्डारीको सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै सदस्यता नवीकरणसमेत नगर्ने प्रस्ताव अघि सारेका थिए।

उक्त प्रस्तावमा तीन नेताले असहमति जनाए पनि बहुमतले पारित गरिएको छ।

गौतमले भने, “पूर्वराष्ट्रपति राष्ट्रको अभिभावक, राष्ट्रिय एकताको प्रतीक हुन्। यस्ता व्यक्तिहरू राजनीतिक दलमा कार्यकर्ता वा नेता बन्नु संविधान, मर्म र भावना विपरीत हो भन्ने निष्कर्ष बैठकले निकालेको छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka