Premier Cables

राजनीति

एमाले महाधिवेशन उद्घाटनमा तीन लाख सहभागी हुने, भोटिङ मेसिनबाट मतदान

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | अपराह्न ३:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनका लागि सबै तयारी पूरा भएको जनाएको छ। पार्टीले इतिहासमै पहिलो पटक कलात्मक शैलीमा मन्च निर्माण गरिएको बताएको छ।

शुक्रबार (मंसिर २६) भक्तपुरको सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन समारोहमा करिब तीन लाख मानिसको उपस्थिति रहने अनुमान गरिएको जानकारी दिए।

विज्ञापन

उनका अनुसार १०८ रोपनी क्षेत्रफलमा तयार गरिएको चौरमा भव्य समारोह हुने छ।

वर्तमान संविधानलाई चुनौती दिने केही शक्ति सक्रिय रहेको दाबी गर्दै उनले ११औँ महाधिवेशनबाट त्यसबारे ‘निर्णायक’ सन्देश दिने तयारी रहेको उल्लेख गरे।

यसैबीच, महाधिवेशनका निर्वाचन प्रक्रियामा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने र १० मेसिन ब्याकअपका रूपमा राखिने भएको छ।

बिहीबार यसको प्रयोगका लागि पार्टीले सम्झौता गरेको थियो। निर्माणकर्ता लक्ष्मण रिमालका अनुसार प्रशिक्षणका लागि केही मेसिन अहिले च्यासलस्थित एमाले कार्यालयमा राखिएका छन्।

एमालेको ११औँ महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka