Premier Cables
Premier Steel

विराटनगर

धरानमा पिकअप दुर्घटना: मृत्यु हुने विराटनगरका रोहन कामत भएको पुष्टि

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २२, २०८२  | बिहान ८:०५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको धरान–१३ मा गोर्खा वेल्फेयर मोड नजिक भएको पिकअप दुर्घटनामा मृत्यु हुने व्यक्ति विराटनगर–६ सरस्वती टोलका २१ वर्षीय रोहन कामत रहेको खुलेको छ।

शनिबार साँझ पिकअप अचानक पल्टिँदा कामतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला उक्त पिकअपमा १२ जना सवार रहेका थिए।

बिज्ञापन

दुर्घटनापछि गम्भीर र सामान्य गरी ११ जनालाई स्थानीयले उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए। तत्काल निधन भएका युवकको पहिचान भने त्यतिबेला खुल्न सकेको थिएन।

इलाका प्रहरी कार्यालय धरानका अनुसार घाइतेमध्ये पाँचजनालाई गम्भीर अवस्थामा विराटनगर पठाइएको छ भने तीनजना सामान्य घाइते उपचारपछि डिस्चार्ज भएका छन्। अन्य चारजनाको प्रतिष्ठानमै उपचार जारी छ।

घाइते चालक जीवनकुमार श्रेष्ठले यात्रुहरू भेडेटारमा लिफ्ट मागेर पिकअपमा चढेको जानकारी दिए। उनका अनुसार भेडेटार नजिकै गाडी बिग्रिएपछि धरानबाट मेकानिक ल्याई मर्मत गरी फर्कने क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा इटहरी, विराटनगर र दुहबीका गरी ११ जना घाइते भएका थिए। गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रतिष्ठान पुर्‍याइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka