Premier Cables
Premier Steel

अर्थ

साना किसान सिजुवाको २० वार्षिक साधारणसभा सम्पन्न

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान १०:५४ बजे
Hamro Biratnagar Headlines

सिजुवा । ‘इमान्दार गरीबहरूको व्यवसायिक साथी, साना किसान कृषि सहकारी’ मूल ध्येयसहित साना किसान कृषि सहकारी लिमिटेड सिजुवाले २० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सहुलियत, सरलकिस्ता बन्दीमा ऋण, अनुदान सहायता सहजीकरण, किसानलाई उन्नत जातको विऊ र ग्रामीण बैङ्किक सेवा प्रदान गर्दै आएको संस्थाले शुक्रवार २० औँ वार्षिक साधारणसभा सौंठामा सम्पन्न गरेको हो ।

बिज्ञापन

संस्थाका अध्यक्ष द्रोणबहादुर पौडेलको अध्यक्षतामा भव्य कार्यक्रमसहित संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको प्रमुख अतिथी एवम् उक्त संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका होमनाथ गौतमले पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । सो अवसरमा संस्थाले विभिन्न समुह र व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको छ ।

उत्कृष्ट समूह, उत्कृष्ट अन्तरण समूह, उत्कृष्ट बाल बचतकर्ता, एकल महिला, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट ऋणी, साधारण बचतकर्ता, ज्येष्ठ सदस्य बचतकर्ता र विशेष वचतकर्ता, साना किसान विषेश बचतकर्ता, उत्ृकष्ट परियोजना, पूर्व सञ्चालक सम्मान, सामाजिक संघ संस्था र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको मुख्य प्रवन्धक एवम् सदस्य सचिव ऋषिकुमार ढकालले जानकारी दिनुभयो ।

साधाणसभामा अध्यक्ष पौडेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत् गर्दै हाल संस्थामा ९ वटा अन्तर समूहभित्र २१७ वटा समूहहरु रहेको र कुल शेयर सदस्य १ हजार १ सय ९६ जना रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०८१/८२ मा सहकारीको कुल शेयर पूँजी २ करोड ५९ लाख ९ सय रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा यसलाई बढाएर २ करोड ७० लाख पुर्याउने लक्ष्य राखिएको बताउनुभयो ।

त्यस्तै, आर्थिक वर्ष ०८१/८२ मा ३ करोड ५२ लाख ३० हजार ५ सय ८१ रुपैयाँ रहेकोमा यसलाई बढाएर ४ करोड १८ लाख ४ हजार पुर्याइने बताउनुभयो । अध्यक्ष पौडेलले आर्थिक हाल संस्थामा ९ करोड ९५ लाख ३७ हजार ३ सय ७६ बचत हिसाब रहेको उल्लेख गर्नुभयो । उहाँले ६ करोड २२ लाख ५१ हजार ६ सय रुपैयाँ वाह्य ऋण हिसाब रहेको र आर्थिक वर्ष ०८१/८२ मा १७ करोड १० लाख ६५ हजार ६ सय ३२ रुपैयाँ ऋण लगानी भएको शेयर सदस्यहरुलाई जानकारी दिनुभयो ।

साधारणसभामा लेखा तथा सुपरिवेक्षण समिति संयोजक कोमल प्रसाद घिमिरेले आर्थित प्रतिवेदन प्रस्तुत गर्नुभयो । अध्यक्ष पौडेल र लेखा तथा सुपरिवेक्षण समिति संयोजक घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।

सो अवसरमा प्रमुख अतिथी गौतम, साना किसान विकास लघुवित्त वित्तिय संस्था शाखा कार्यालय इटहरीका प्रमुख सरोज भट्टराई, प्रधानमन्त्री कृषि आधुनिक परियोजना धान सुपर जोन मोरङका संयोजक मेघनाथ शर्मा कट्टेल, सह–संयोजक इन्दीरा अधिकारी, संस्थाका पूर्व अध्यक्ष तथा जिल्ला कृषि सहकारी संघ मोरङका सञ्चालक चुडामणि संग्रौलाल शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारणसभाका प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुलाई मायाँको चिनो समेत वितरण गरिएको थियो । कार्यक्रम संस्थाका मुख्य प्रन्धक ऋषि कुमार ढकालले सञ्चालन गर्नुभएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka