Premier Cables
Premier Steel

राष्ट्रिय

मधेस सकारले बेरोजगार युवालाई मासिक दुई हजार निर्वाह भत्ता दिने

Calendar बुधबार, मंसिर १०, २०८२  | अपराह्न २:१५ बजे

जनकपुर । मधेस प्रदेश सरकारले बेरोजगार युवाहरुलाई निर्वाह भत्ता दिने तयारी गरेको छ । यसबारे मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी गराएका छन् ।

प्रदेश सरकारले उखु किसानलाई यसअघि दिँदै आएको अनुदान रकमलाई निरन्तरता दिन संघीय सरकारलाई समेत लिखित अनुरोध गर्ने भएको छ ।

बिज्ञापन

मुख्यमन्त्री यादवले स्नातक तह पास गरी बेरोजगार रहेका युवालाई प्रतिमहिना दुई हजारका दरले (जीवन निर्वाह) भत्ता दिने प्रक्रियाअगाडि बढाइरहेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री यादवले उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्राप्त गर्दै आएकोमा हाल उक्त रकम प्राप्त नहुँदा किसान तथा उद्योगसमेत समस्यामा परेको बताइएको छ ।

बक्यौता रकम अविलम्ब निकासा गरी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरिने यादवले बताए । उनले आगामी वर्षसमेत उक्त अनुदान रकमलाई निरन्तरता दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरिने जानकारी दिए ।

उनले धान काट्ने समयमा वर्षाबाट ठूलो क्षति भएको र सो क्षतिको विवरण स्थानीय पालिकामा दर्ता गराएका किसानहरूलाई राहत स्वरूप १५०० रूपैयाँ प्रतिकठ्ठा राहत उपलब्ध गराउने प्रक्रिया सुरु गर्ने बताए ।

मधेस प्रदेशका सबै जिल्लामा मलको कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोधसमेत गरेको मुख्यमन्त्री यादवले बताए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka