Premier Cables
Premier Steel

राजनीति

रास्वपाले सबै प्रदेशका इन्चार्ज हटायो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १०, २०८२  | अपराह्न २:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरू हटाएको छ। अब पार्टीले नयाँ रूपमा केन्द्रीय सदस्यहरूबाट प्रदेश इन्चार्ज तोक्ने तयारी गरेको छ।

मंगलबार राति बसेको सचिवालय बैठकले हालसम्म पदाधिकारी तथा सचिवालय सदस्यमार्फत सञ्चालन हुँदै आएका प्रदेश इन्चार्ज व्यवस्था खारेज गरी नयाँ संरचनामा जाने निर्णय गरेको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, “प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचनमुखी गतिविधिमा अन्य जिम्मेवारी दिने र अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने” निर्णय गरिएको छ।

अघिल्लो व्यवस्थाअनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेसमा मनीष झा, बागमतीमा कोषाध्यक्ष लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल इन्चार्ज थिए।

यतिबेला कोशीका पूर्व–इन्चार्ज सन्तोष परियारले भने रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिसकेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka