Premier Cables
Premier Steel

राष्ट्रिय

दल दर्ताको म्याद आजसम्म

Calendar बुधबार, मंसिर १०, २०८२  | बिहान ८:०७ बजे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको समयसीमा आज सकिदैछ ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हिजोसम्म ८० दल दर्ता भएका छन् ।

बिज्ञापन

आज दल दर्ताको अन्तिम दिन भएकाले यो संख्या बढ्न सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता हुनुले निर्वाचनप्रति दलहरुमा उत्साह देखिएको पनि बताए ।

आयोगमा कुल १ सय ३४ दल रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् ।

हिजो मंगलबार मात्रै १६ दल दर्ता भएका थिए । आजसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आँकलन गरिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka