Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा लैङ्गिक हिंसा विषयक विद्यार्थी अन्तरक्रिया सम्पन्न

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | अपराह्न १२:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरुवातसँगै विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुसँग लैङ्गिक हिंसाका विषयमा छलफल भएको हो ।

ओरेक नेपाल र तरङ्गिनी फाउन्डेसनको संयुक्त आयोजनामा क्याम्पसका मानविकी संकाय अन्तर्गत सामाजिक कार्य (सोशल वर्क) विषयका विद्यार्थीहरूसँग कार्यक्रम गरिएको हो।

बिज्ञापन

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘१६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान’ अभियान संचालन हुने गरेको छ । यसको शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा संस्थाले गरिरहेका गतिविधि, लैङ्गिक हिंसाका प्रकार तथा कोशी प्रदेशमा लैङ्गिक हिंसाको वास्तविक अवस्था सम्बन्धी तथ्याङ्क विद्यार्थीहरूमाझ प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागी छात्रा लक्ष्मी श्रेष्ठले “आजको विषयवस्तुले भविष्यमा रिसर्च गर्न सजिलो बनाउने” प्रतिक्रिया दिइन्।

प्राध्यापक माधव खतिवडाले १६ दिने अभियानका बारेमा प्राप्त जानकारीले सामाजिक कार्यका विद्यार्थीलाई अनुसन्धान प्रतिवेदन (रिसर्च रिपोर्ट) तयार गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रदेशमा लैङ्गिक हिंसा वृद्धिको तथ्य सुनेपछि यसको विरुद्धमा व्यक्तिगत स्तरबाटै सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए।

तरङ्गिनी फाउन्डेसनकी अधिकृत रुमा रिजालका अनुसार समाजमा गहिरोसित जरा गाडेर बसेको लैङ्गिक विभेद अन्त्य गर्न युवा पुस्ताको सृजनशील भूमिकाको आवश्यकता भएकाले अभियानको शुभारम्भ क्याम्पसका सामाजिक कार्य विद्यार्थीबीचबाट गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka