Premier Cables
Premier Steel

कोशी प्रदेश

महिला-किसोरीमाथि हुने बढ्दो हिंसा घटाउन नीतिगत र सामाजिक पहलमा जोड

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ३०, २०८२  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । किसोरी तथा महिलामाथि हुने गरेका हिंसाको वर्तमान परिदृश्य र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ कोसी प्रदेशको समन्वयमा तरंगिनी फाउन्डेसन र ओरेक नेपालले संयुक्त रुपमा सोमबार विराटनगरमा कार्यक्रम आयोजना गरेका हुन् ।

बिज्ञापन

ओरेककी कार्यकारी निर्देशक सुनीता मैनाली कोशी प्रदेशमा हुने गरेका महिला तथा किसोरी हिंसा सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै कम शिक्षितहरु माथि अधिक हिंसाका घटना भएको दृष्टान्त प्रस्तुत गरिन् । उनले भनिन्,‘‘समाजमा जनचेतनासँगै राज्यको जिम्मेवारी समेत अझ बढाउनु पर्ने आवश्यकता देखिएको छ ।’’

पछिल्ला तीन महिनामा ओरेकको सम्पर्कमा आएका १२७ हिंसापीडित मध्ये आधारभुत शिक्षा लिएकाहरुको संस्था ४६ प्रतिशत रहेको छ । १३ प्रतिशक्ष निरक्षर छन् । यसैगरी माध्यमिक शिक्षा गरेकाहरु ३४ प्रतिशत छन् । स्नातक वा सोभन्दा माथि ४ प्रतिशत छन् । महिलामाथि हुने बलात्कार, यौनजन्य हिंसा बढ्दो क्रममा हुनु चिन्ताको विषय भएको मैनालीले बताइन ।

तरंगिनीले सुनसरी–मोरङ र उदयपुरका विभिन्न पालिकाहरुमा समुदायस्तरमा पैरवी, सचेतना र पुर्नस्थापनामा काम गरिरहेको संस्थाकी कार्यक्रम अधिकृत रुमा रिजालले बताइन् । उनले भनिन्,‘‘महिला नेतृत्व विकासका अवसर सिर्जना गर्नेदेखि महिलाको कामको मूल्याङ्कन हुनुपर्ने उद्देश्यसाथ औपचारिक र अनौपचारिक क्षेत्रका महिला श्रमिकको अधिकारका विषयमा समेत सक्रिय छौं ।’’

 

उनका अनुसार युवा–महिलाको राजनीतिमा सहभागिता अभिवृद्धिका लागि पनि संस्थाले काम गरिरहेको छ । संस्थाले हिंसापीडित महिलालाई उद्दार गरी सेफ हाउसमा समेत राख्ने गरेको बताइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले महिलामाथि हुने गरेको हिंसाको स्वरुप बदलिएको भन्दै त्यसलाई उचित तवरले सम्बोधन गर्न राज्यको सक्रियता रहेको बताए । उनले भने,‘‘महिलालाई समान अवसर प्रदान गर्न पहिले उनीहरुको आर्थिक अवस्था सुधार गर्न रोजगारीका अवसरहरु राज्यले नै सिर्जना गर्नुपर्छ ।’’

महासंघकी महासचिव हिमा चेम्जोङले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला तथा किसोरीहरुमाथि हुने हिंसाको स्वरुप पनि बदलिएको बताइन । पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकाले महिला अधिकार प्राप्तिका दृष्टिले केही उपलब्धि प्राप्त भएपनि बढ्दो हिंसाले भने राज्यको जिम्मेवारीलाई नै चुनौती दिएको बताइन । उनले भनिन्,‘‘हिंसासँगै लागूऔषधको प्रयोग र आत्महत्याको दर बढ्दै गएको देखिन्छ ।’’

नेपाल प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलले डिजिटल सामाग्रीको बढ्यो प्रयोग र प्रसारसँगै किसोरी तथा महिलामाथि हुने हिंसा अझ बढ्दै गएको बताउँदै भने,‘‘धेरै विषयहरु स्वनियमन गर्दै सचेत रहने हो भने यस्ता समस्याबाट बच्न सकिन्छ ।’’

पत्रकार सूजाता लिम्बूले हिंसामा परेका महिलाहरुले न्याय पाउनुको साटो मेलमिलापका नाममा उल्टै न्यायबाट बञ्चित गराइने गरेको बताइन । भनिन्,‘‘उजुरी लिएर जाने महिलाले विभिन्न झन्झट बोहोर्नु त परेकै छ । छलफल गरी मेलमिलाप गराउन नै बढी दबाब दिने गरेको समेत पाइन्छ ।’’ उनले राज्यका समयन्त्रहरुलाई नीतिगत र व्यवहारिक रुपमा समेत अझ दह्रो बनाएर महिला तथा किसोरी हिंसाका घटना न्यूनीकरणमा पहल हुनुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा सहभागी पत्रकारहरुले संचार क्षेत्रले हिंसा न्यूनीकरण गर्न अझ धेरै सकारात्मक भूमिका खेल्न तयार रहेको बताएका थिए । यस्ता घटनाको ‘ट्रेन्ड एनालाईसीस’ गरेर संचार समाग्री धेरै भन्दा धेरै प्रकासन प्रसारण हुनुपर्ने उनीहरुको जोड थियो ।

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka