Premier Cables
Premier Steel

शिक्षा

अरनिको कलेजको सफलता: एमबिबिएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | साँझ ५:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । संघीय राजधानी बाहिर उच्च शिक्षाको केन्द्रको रूपमा पहिचान बन्दै आएको विराटनगरको अरनिको कलेजले यस वर्ष उल्लेखनीय सफलता हासिल गरेको छ।

कलेजका कुल ११ जना विद्यार्थीले एम.बि.बि.एस. प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएपछि कलेजले विशेष कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरेको हो।

बिज्ञापन

कोशी प्रदेशकै अग्रणी विज्ञान कलेजका रूपमा उभिएको अरनिकोले यो उपलब्धिले आफ्नो शैक्षिक गुणस्तर र तयारी प्रणालीलाई थप दृढ बनाएको कलेज प्रशासनको दाबी छ।

शनिबार सम्पन्न सम्मान कार्यक्रमका प्रमुख अतिथि कलेज अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कोअर्डिनेटर विकास खनाल, सञ्चालक भरतराज दाहाल, डा. भविन्द्र निरौला, निलम अधिकारी र शैलेश झाले विद्यार्थीहरूलाई खादा, पुष्पमाला, नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरे।

पूर्ण छात्रवृत्तिमा एम.बि.बि.एस. अध्ययनको लागि ओपेन्द्रकुमार यादव, शुभम अगरिया, दिक्षित भट्टराई, रोहित राम, लोकश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पना चौधरी, रिषभ सोनी र निराजन यादवले अवसर सुरक्षित गरेका छन् । र

एम.बि.बि.एस. बाहेक अन्य संकायमा पनि कलेजका विद्यार्थीले उत्कृष्टता देखाएका छन्। इन्जिनियरिङ प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेका अनुक्रम काफ्ले,

बि.बि.एस. मा पूर्ण छात्रवृत्ति पाएका निश्चल न्यौपाने
लाई समेत कलेजले सम्मान गरेको छ।

यस्तै, कक्षा ११ र १२ मा आन्तरिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ।

प्रिन्सिपल कार्कीका अनुसार, जातीय आरक्षण कोटाका नतिजा आएपछि पूर्ण छात्रवृत्तिमा उत्तीर्ण विद्यार्थी संख्या २० पुग्ने सम्भावना रहेको छ। उनले कलेजले पाएको यो उपलब्धि सञ्चालक, शिक्षक–शिक्षिका र विद्यार्थीको सामूहिक मेहनतको परिणाम भएको बताए।

अरनिको कलेजले पछिल्ला वर्षहरूमा लगातार उत्कृष्ट नतिजा दिंदै कोशी प्रदेशमै मात्र होइन, देशकै प्रमुख विज्ञान कलेजका रूपमा प्रतिष्ठा बनाउँदै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka