Premier Cables
Premier Steel

विराटनगर

अरनिको कलेजलाई राष्ट्रिय शिक्षा अवार्ड प्रदान

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित अरनिको कलेजलाई ‘फोकस नेपाल’ ले राष्ट्रिय शिक्षा अवार्ड प्रदान गरेको छ।

विज्ञान सङ्कायतर्फ नेपालकै उत्कृष्ट मानिएको अरनिको कलेजले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड पाएको हो।

बिज्ञापन

कलेजका विद्यार्थी तेजस्वी आचार्य र राकेश साहले २०८१ सालको कक्षा १२ विज्ञान सङ्कायको परीक्षामा ३.९६ जीपीए अङ्क प्राप्त गरी नेपाल प्रथम भएका थिए। उनीहरूको उत्कृष्ट नतिजालाई नै आधार मानेर फोकस नेपालले अरनिको कलेजलाई यो सम्मान दिएको हो।

फोकस नेपालले शनिबार (असार ७ गते) काठमाडौँको नेपाल प्रहरी क्लबमा आयोजना गरेको एक विशेष समारोहमा अरनिको कलेजलाई उत्कृष्ट कलेज घोषणा गर्दै अवार्ड प्रदान गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नयनसिंह महर, र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले संयुक्त रूपमा अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीलाई राष्ट्रिय शिक्षा अवार्ड हस्तान्तरण गरेका थिए।

अवार्ड ग्रहण गर्दै अरनिको कलेजका सञ्चालक एवं प्रिन्सिपल राजेश कार्कीले नेपालको शैक्षिक क्षेत्रमा कलेजले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन भएकोमा खुसी व्यक्त गरे। उनले आफू र आफ्नो सम्पूर्ण टिम यस सम्मानबाट अझ उत्साहित भएको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka