Premier Cables
Premier Steel

राष्ट्रिय

चुनावमा सेना परिचालन गर्न सिफारिस

Calendar शुक्रबार, मंसिर ०५, २०८२  | बिहान ७:५१ बजे

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

बैठकले परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व.०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka