Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्रीसँग सर्वदलीय बैठक, के भयो निर्णय ?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०३, २०८२  | राती १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको मुख्य उद्देश्य देशको विथोलिएको स्थिति सम्हाल्ने र निष्पक्ष निर्वाचनको आयोजना गर्ने रहेको स्पष्ट पारिन्।

बुधबार सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकको समापन गर्दै उनले आफ्नो नेतृत्वको सरकारको एकमात्र प्राथमिकता निर्वाचन मात्र रहेको बताइन्।

बिज्ञापन

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा ११० भन्दा बढी राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।

बैठकको समापन गर्दै प्रधानमन्त्री कार्कीले भने, “हामी देशलाई नयाँ पुस्ता र भिजन भएका व्यक्तिहरुको हातमा सुम्पन चाहन्छौं।” उनले चुनावलाई कम खर्चमा र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताइन्।

यसका अतिरिक्त, उनले ८२१ वटा लुटिएका हतियार फिर्ता भएको र सात हजारभन्दा बढी कैदीबन्दीलाई नियन्त्रणमा लिइएको जानकारी पनि साझा गरिन्। प्रधानमन्त्रीले प्रहरीको मनोबल खस्काएको आरोपको खण्डन गर्दै भनिन्, “हिजो नेताहरू र उनका नातेदारका घरमा भाँडा माझ्न राखिएका प्रहरीलाई हामीले फिर्ता गरेका छौँ। ३५ वर्षदेखि गिरीरहेको प्रहरीको मनोबल हामी उकास्दै छौँ।”

प्रधानमन्त्री कार्कीले सरकारको कामकाजमा नियम र कानुनको पूर्ण पालना गरिएको र विदेशीसँगको भेटघाट केवल परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसँगको रोहबरमा भएको स्पष्ट पारिन्। उनले भने, “बालुवाटार वा अन्यत्र गोप्य रूपमा विदेशीसँग कुनै भेटघाट भएको छैन।”

अर्को महत्त्वपूर्ण विषयमा, उनले आफ्नो मन्त्रिपरिषद्मा पुराना र सक्षम व्यक्तिहरूलाई समेटिएको बताउँदै कुलमान घिसिङ र महावीर पुनजस्ता जनप्रिय र सक्षम व्यक्तिहरूलाई जिम्मेवारी दिइएको जानकारी दिइन्। “सबै मन्त्रीहरूले ३–४ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेर राति १ बजेसम्म काम गरिरहेका छन्,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले ६० प्रतिशत तयारी पूरा गरेको र आगामी चुनावको सफलता सुनिश्चित गर्ने उद्देश्यले सरकार काम गर्दै गएको उल्लेख गरिन्। उनले थप भनिन्, “हामीलाई अहिले धन्यवाद दिनु पर्दैन, जुन दिन निर्वाचन सम्पन्न हुनेछ, त्यसैको भोलिपल्ट धन्यवाद दिनुहोस्।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka