Premier Cables
Premier Steel

राष्ट्रिय

जेन-जी आन्दोलनका घाइतेको अझै वर्गीकरण भएन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०३, २०८२  | बिहान ६:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभर २५ सयभन्दा बढी नागरिक घाइते भए पनि ७२ दिन बितिसक्दा पनि उनीहरूको वर्गीकरण सकिएको छैन।

स्वास्थ्य मन्त्रालयले अझै कम्तीमा १० दिन लाग्ने जनाएको छ। वर्गीकरण नहुँदा आन्दोलनमा घाइते भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा पाइरहेका छैनन्।

बिज्ञापन

भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका २,५७२ जनाको देशभरका ७४ स्वास्थ्य संस्थामा उपचार भएको थियो। तीमध्ये ११ जना अहिले पनि उपचाररत छन् भने धेरैजना फलो–अपका लागि अस्पताल धाइरहेका छन्। तर वर्गीकरण प्रक्रिया अघि नबढ्दा उनीहरू थप समस्यामा परेका छन्।

स्वास्थ्य मन्त्रालयले कात्तिक २४ गते घाइते वर्गीकरणसम्बन्धी मापदण्ड स्वीकृत गरेको थियो, जसअन्तर्गत अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा छुट्याउने व्यवस्था गरिएको छ।

सो मापदण्ड गृह मन्त्रालय पठाइएको छ, र गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई वर्गीकरणका लागि आवश्यक पत्राचार गरिसकेको छ। यो प्रक्रिया पूरा हुन अझै १० दिन लाग्ने र त्यसपछि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरिने मन्त्रालयले जनाएको छ।

विज्ञहरूका अनुसार अस्पतालहरूमा घाइतेहरूको सबै विवरण उपलब्ध भएकाले वर्गीकरण पहिले नै सकिनुपर्ने थियो। तर सरकारी प्रक्रिया ढिलो हुँदा घाइतेहरू अन्यायमा परेका छन्।

वर्गीकरणको उद्देश्य उपचार तथा राहत वितरणलाई व्यवस्थित बनाउनु भए पनि प्रक्रिया नै ढिलाइ हुँदा घाइतेहरू अझै मर्कामा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka