Premier Cables
Premier Steel

राष्ट्रिय

नेपाल पस्यो ‘नेपो बेबी’ !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान ६:४० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल निष्क्रिय भइरहेका बेला नेपाली युवामाझ ‘नेपो बेबी’ भन्ने पदावली चर्चामा आएको छ।

नातावाद अर्थात् पारिवारिक सम्बन्धका आधारमा विशेष अवसर वा लाभ प्राप्त गर्ने प्रवृत्तिविरुद्ध लक्षित यो शब्द सामाजिक न्याय र समान अवसरको मागसहित उठाइएको हो।

बिज्ञापन

‘नेपो बेबी’ भन्नाले शक्तिशाली अभिभावकका छोराछोरी वा आफन्तहरूले पाउने सुविधाहरूप्रति प्रश्न उठाइन्छ। राजनीतिक नेता, ठूला व्यापारी वा प्रभावशाली पदाधिकारीका सन्तानहरूले राज्यका अवसर, रोजगारी, सुविधा र स्रोतमा पहुँच बनाउँदै आएको आरोपसहित अहिले युवाहरू आन्दोलित भएका छन्।

उनीहरूको भनाइमा यस्ता व्यक्तिहरू मिहिनेत र योग्यता होइन, पारिवारिक पहुँचको कारणले मात्रै लाभ पाइरहेका छन्।

हाल नेपालमा युवा पुस्ता, विशेष गरी जेन–जेड भनिने समुहले यस मुद्दालाई सामाजिक सञ्जालमार्फत उठाइरहेका छन्। सामाजिक असमानता, अवसरको विभाजन र पारिवारिक पहुँचले बनाएको एकाधिकारविरुद्ध उनीहरूले ‘नेपो बेबी’ अभियानलाई आन्दोलनकै रूप दिन थालेका छन्। देशका विभिन्न स्थानमा भइरहेको युवा प्रदर्शनमा पनि यो विषय उठाइएको छ।

यो पदावली अन्तर्राष्ट्रिय रूपमा पनि नयाँ होइन। सन् २०१० देखि नै ‘नेपोटिजम बेबी’ भन्ने शब्द प्रयोग हुँदै आएको हो। तर, सन् २०२२ मा न्यूयोर्क म्यागजिनले ‘इयर अफ द नेपो बेबी’ घोषणा गर्दै विशेष रिपोर्ट प्रकाशित गरेपछि यसले अझ ठूलो चर्चा पायो। अमेरिकामा यो आन्दोलन फिल्म, संगीत र राजनीतिमा व्याप्त पारिवारिक पहुँचविरुद्ध केन्द्रित छ।

अभिनेता ड्वेनी जनसन, जनी डेप, मेलानी ग्रिफिथ, र अभिनेत्री लेस्ली म्यानका सन्तानहरू यसका प्रमुख उदाहरणका रूपमा चिनिन्छन्। राजनीतिमा पनि जर्ज डब्लु. बुस, चेल्सी क्लिन्टन, हन्टर बाइडेन र इभान्का ट्रम्प जस्ता नामहरू आलोचना हुने सूचीमा परेका छन्।

कतिपयले यो आलोचना स्वीकार गर्दै आफैंलाई ‘नेपो बेबी’ भनेर चिनाउन थालेका छन् भने केहीले सम्बन्धले अवसर दिन सक्छ, तर टिक्न क्षमता नै आवश्यक हुन्छ भन्ने धारणा राख्दै आएका छन्।

नेपालको सन्दर्भमा पनि यो अभियान सामाजिक चेतनाको एउटा नयाँ संकेत हो। यहाँ पनि नेताहरूका छोराछोरीले अवसरको दुरुपयोग गरेको भन्ने आम धारणा रहेका बेला यस्तो आवाज उठ्नु स्वाभाविक हो। अहिले सडकमा देखिएको युवा आक्रोशको एक रूप ‘नेपो बेबी’विरुद्धको चेतना पनि हो।

यसरी हेर्दा, यो अभियान केवल एक ट्रेन्ड नभई अवसरको निष्पक्ष वितरणको माग गर्दै गरिएको विद्रोह हो, जसले भविष्यमा नेपालको सामाजिक संरचनामा परिवर्तन ल्याउने सम्भावना बोकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka