Premier Cables
Premier Steel

राजनीति

मधेश प्रदेश सभा बैठक आज

Calendar बुधबार, मंसिर ०३, २०८२  | बिहान ६:३५ बजे

जनकपुरधाम । मधेश प्रदेशसभा बैठक बुधबार (आज) बस्ने भएको छ ।

उपसभामुख बबिता राउत इसरको निर्देशनपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो १ बजे बैठक बस्ने सूचना प्रकाशन गरेको हो ।

बिज्ञापन

उक्त बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने समेत प्रदेशसभा सचिवालयले जनाएको छ ।

लामो समयदेखि अवरुद्ध रहेको मधेस प्रदेशसभा सञ्चालनका लागि मंगलबार विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष माग गरेका थिए ।

विपक्षी दलहरूका तर्फबाट प्रदेशसभा सदस्य भरतप्रसाद साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख राउतलाई मंसिर ३ गते बुधबार प्रदेशसभा बैठक बोलाउनका लागि मागपत्र बुझाएका थिए ।

प्रदेशसभा नियमावलीअनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनुपर्ने कानुनी प्रावधान छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka