Premier Cables
Premier Steel

राजनीति

निर्वाचनमा भाग लिन दल दर्ता आह्वान

Calendar शुक्रबार, कार्तिक २८, २०८२  | बिहान १०:२० बजे

काठमाडौँ। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा र माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार दुवै निर्वाचनका लागि अलग-अलग सूचना जारी गर्दै दल दर्ताको प्रक्रिया सुरु गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि दल दर्ता मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मङ्सिर १ देखि ७ गतेसम्म गर्नुपर्नेछ।

बिज्ञापन

दल दर्ता गर्नका लागि दलले आफ्नो विवरण, दलको नाम र आयोगमा दर्ता मितिसहित अन्य आवश्यक कागजात पनि पेश गर्नुपर्नेछ।

फागुन २० गतेबाट राष्ट्रिय सभाका एक तिहाइ सदस्य रिक्त हुने छन्। यी रिक्त सदस्यहरूको पदपूर्तिका लागि माघ ११ गते निर्वाचन आयोजना गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka