मोरङको कटहरी सर्यो कोशी प्रदेश सभा, मंसिर दोस्रो साता बैठक
नोट: यो समाचार २ महिना अघिको हो
बुधबार, कार्तिक २६, २०८२ |
साँझ ४:२९ बजे
विराटनगर । कोशी प्रदेश सभा सचिवालय आजबाट औपचारिक रुपमै मोरङको कटहरीस्थित कृषि बजार सरेको छ । त्यहाँ सभामुख, उपसभामुखसहितको कार्यकक्ष तयार गरिएको छ । सभाका प्रदेश सभा सचिव सुदर्शन खड्काले सपथ लिई सकेका छन् । सभामुख अम्बर बहादुर बिष्टले उनलाई सपथ गराएका हुन् ।
यसैबीच कोशीकी उपसभामुख सिर्जना दनुवारले सचिवालय व्यवस्थापनलाई तिव्रता दिइने बताउँदै कार्यालय मिलाउने लगायत काम शुरु भईसकेको बताइन । उनले कोशी सभाको बैठक आगामी मंसिर पहिलो वा दोस्रो साताबाट शुरु हुने बताइन । भनिन्,‘‘कार्यालय व्यवस्थपनसँगै प्रदेशको हिउँदे अधिवेशन शुरु हुने र मंसिर दोस्रो सातासम्म शुरु गर्ने तयारी छ ।’’
जेनजी आन्दोलनका क्रममा देवकोटा चोकस्थित कोशी सभाको भवनमा आगजनी हुँदा ध्वस्त भएको थियो ।