Premier Cables
Premier Steel

राष्ट्रिय

महाधिवेशनबारे आफू निकट जिल्ला सभापतिहरुसँग शेखर कोइरालाले गरे छलफल

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | बिहान ११:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले काठमाडौँस्थित आफ्नै सम्पर्क कार्यालय, विशालनगरमा पार्टीभित्र देखिएका विवादहरूबारे जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग व्यापक छलफल गरेका छन्।

बैठकमा उनले हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भएको पार्टीको १५औँ महाधिवेशनसम्बन्धी दुई फरक कार्यतालिका र तीबीच सम्भावित मिलनबिन्दुहरूबारे रायसुझाव सङ्कलन गरेका थिए।

बिज्ञापन

गत मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्ने कार्यतालिका पेश गरेका थिए। यी फरक प्रस्तावहरूबारे समितिमा बहस भइरहेका बेला डा. कोइरालाले कसरी अघि बढ्ने भन्ने विषयमा आफ्ना निकट नेताहरूसँग परामर्श गरेका हुन्, भन्ने जानकारी उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएका छन्।

छलफलमा केन्द्रीय सदस्यहरू प्रा. डा. गोविन्दराज पोखरेल र टेकप्रसाद गुरुङ, मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल र सिन्धुलीका उज्ज्वल बराललगायत सहभागी थिए।

त्यस्तै, गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन र कास्कीका पूर्वसभापति यज्ञबहादुर थापा पनि उपस्थित थिए। भेलामा सहभागीहरूले आगामी निर्वाचनलाई ध्यानमा राख्दै सहमतिपूर्ण रूपमा नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका थिए।

रुपन्देही सभापति खाँणका अनुसार अधिकांश सभापतिहरूले आगामी पुस महिनाभित्र नै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए र त्यस अनुसार नेता कोइरालाले पार्टीभित्र आवाज उठाउनुपर्ने माग राखेका थिए।

सभापतिहरूले महामन्त्री थापाले पेस गरेको कार्यतालिका अपूर्ण रहेको भन्दै सबै तहको अधिवेशन समेट्ने पूर्ण कार्यतालिका तयार पार्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले तीन तहको मात्रै महाधिवेशन गर्ने प्रस्तावलाई पर्याप्त नभएको बताउँदै, सबै तहको अधिवेशन सुनिश्चित गर्ने कार्यतालिकाको पक्षमा कोइरालालाई जोडदार रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka