Premier Cables
Premier Steel

विराटनगर

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्दै

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | साँझ ५:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्न थालेका छन् । पछिल्लो समयमा एमालेका पार्टी गतिविधिले तिव्रता पाईरहेको अवस्थामा क्षेत्रीय कमिटीहरु पनि सक्रिय बन्न थालेका हन् ।

समन्वय कमिटीहरुले विविभन्न पार्टी गतिविधिलाई अगाडि बढाउन थालेको प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) का संयोजक मुकेश बुढाथोकीले जानकारी दिए ।

बिज्ञापन

एमाले प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) ले आफ्नो प्रथम पूर्ण बैठक बिहिबार विराटनगरमा सम्पन्न गरेको छ ।

समन्वय कमिटीका संयोजक बुढाथोकीको अध्यक्षतामा भएको बैठकमा प्रदेश सभा क्षेत्र मोरङ ४ (ख) मा पर्ने एमाले वडा कमिटीका अध्यक्ष तथा पालिका वडा कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो वडामा सञ्चालन भईरहेको र आगामि दिनमा सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

बैठकले एमालेले देशभर एकै दिन सञ्चालन गर्ने कात्तिक २२ गतेको वडा स्तरीय कार्यक्रम, २५ गते गर्ने पालिका स्तरीय कार्यक्रम र २९ गते गर्ने जिल्ला स्तरीय कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले एमालेको विधानले क्षेत्रीय कमिटी गठन गर्ने व्यवस्था भएबमोजिम् गठन भएका क्षेत्रीय कमिटीहरु क्रियाशिल नभईरहेको अवस्थामा क्रियाशिल बनाउने काम सकारात्मक रहेको बताए । उनले सबै कमिटीहरु क्रियाशिल भएपछि पार्टी कमिटीका गतिविधि प्रभावकारी रुपमा अगाडि बढ्ने बताए ।

घिमिरेले भने, “एमालेले गर्ने लागेको वडास्तरीय, पालिका स्तरीय र जिल्ला स्तरीय कार्यक्रमले अहिलेको परिघटना र परिस्थितिलाई बदल्ने छ ।”

नेकपा एमाले केन्द्रिय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ की इन्चार्ज नैनाकला ओझाले पार्टीका गतिविधि भईरहदा समाजमा सकारात्मक सन्देश जाने बताईन् । उनले पार्टीको बारेमा जनतालाई स्पष्टसँग बुँझाउन सक्दा उनीहरुमा भएको भ्रम हट्ने बताईन् ।

मोरङ क्षेत्र नब्बर २ का पूर्व प्रतिनिधि सभा सदस्य तथा लेखा समिति संयोजक ऋषिकेश पोखरेलले पार्टीलाई समस्या पर्दा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले आफूमा भएको विमती आफ्नो तत् तत् ठाउँमा मात्र राख्नुपर्ने बताउँदै अर्को ठाउँमा गएर राख्न नहुने बताए ।

नकारात्मक मात्र नभई सकारात्मक रुपमा अगाडि बढ्नुपर्नेमा पोखरेलले जोड दिए ।
बैठकमा प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) का पार्टीका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka