Premier Cables

राष्ट्रिय

तीन उद्योगले तिरे डेडिकेटेड महशुल, विद्युत लाईन सूचारु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १९, २०८२  | अपराह्न २:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत बक्यौता तिर्न तीन उद्योगले पहिलो किस्ता बुझाएका छन्। भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौताको पहिलो किस्ता तिरेपछि ती उद्योगहरूमा विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो।

कुल तिर्नुपर्ने रकमलाई २८ किस्तामा विभाजन गरिएको छ, जसअन्तर्गत यी उद्योगहरूले पहिलो किस्ता तिरेका हुन्। प्राधिकरणका अनुसार एसआर फुड्सको १ करोड ४८ लाख, भलवारी स्वचालित कारखानाको ३० लाख र एसआर स्टिल इन्डस्ट्रिजको १६ लाख रुपैयाँ अझै तिर्न बाँकी छ। यी उद्योगहरूले सन् २०७२ माघदेखि २०७५ वैशाखसम्म नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डेडिकेटेड तथा ट्रंकलाइन सेवा प्रयोग गरेका थिए।

विज्ञापन

यसअघि सोमबार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पनि पहिलो किस्ता बुझाएका थिए।

गत कात्तिक १७ गते प्रधानमन्त्री सुशिला कार्की, उच्च सरकारी अधिकारीहरू र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर तथा ट्रंकलाइन शुल्क विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव गरिएको थियो।

छलफलअनुसार, उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणलाई विवादित रकममध्ये एक किस्ताबराबरको रकम धरौटिका रूपमा बुझाएपछि काटिएको विद्युत् आपूर्ति पुनः जडान गरिने व्यवस्था गरिएको छ। धरौटि बुझाएपछि उद्योगीहरूले सो निर्णय पुनरावलोकनमा लैजानुका साथै अन्य कानुनी उपचारका उपाय पनि खोज्न सक्ने छन्।

प्राधिकरणमा धरौटि बुझाउँदा उद्योगीहरूले आफ्नो असहमति उल्लेख गर्दै पुनरावलोकनसम्बन्धी विवरण पनि सोही निवेदनमा समावेश गर्न सक्ने व्यवस्था गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka