Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशका रुग्ण र अलपत्र बाटोपुलको ठेक्का तोडिदै

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | बिहान ११:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको ७२५ मिटर लामो कन्काई पुलको निर्माण ठेक्का लागेको १४ वर्ष बित्दा पनि अहिलेसम्म कामको प्रगति केवल ५६ प्रतिशतमा सीमित छ। २९ जेठ २०६८ मा पप्पु–महादेव खिम्ती जेभीसँग ३४ करोड ९ लाख रुपैयाँमा सम्झौता गरिएको यस पुल २९ जेठ २०७२ भित्र सकिनुपर्ने थियो। यो समयमा प्रधानमन्त्री ओली चार पटक बदलिसकिसकेका छन्।

जेन–जी आन्दोलनपश्चात् बनेको सरकारले अलपत्र रहेका परियोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयले असोज ३१ मा १५ दिनको समय दिँदै सार्वजनिक सूचना जारी गरेको छ। सडक विभागका अनुसार बुधबारसम्म २ सय ८ वटा रुग्ण ठेक्काको सूची बनाइएको छ। निर्माण व्यवसायीले काम गर्न तत्परता नदेखाए ठेक्का तोडिने सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले बताए।

बिज्ञापन

खोटाङको पिलम्पामा झोलुंगे पुल निर्माणको ठेक्का नीलगिरी निर्माण सेवाले २०७५ साउन २३ मा लिए पनि कामको प्रगति न्यून छ। २०७७ वैशाख १९ मा सकिनुपर्ने यस पुलको काम अहिले मात्र ६० प्रतिशतसम्म पुगेको छ। यस्तै, गोरखाको क्योग्मा, बिरिङ बाह्रदशी झोलुंगे पुल र झापा, खोटाङ तथा उदयपुर जोड्ने बुबा खोला झोलुंगे पुल निर्माण पनि अलपत्र छ।

पश्चिम कोशी क्यानलमा स्टिल ट्रस्ट ब्रिज निर्माणका लागि योजना कार्यालयले २०७३ जेठ १६ मा लामा–बाम्ती जेभीसँग सम्झौता गरेको थियो। २०७५ असार १५ भित्र सम्पन्न हुनुपर्ने यस निर्माणको प्रगति अहिले ४० प्रतिशत मात्र छ। सूचना अधिकारी दासका अनुसार, “फाउन्डेसन मात्रै उठाएर छाडिएको छ, त्रंकिटको काम सकिएकाले स्टिल ट्रस्ट राख्ने काम अझै भएको छैन।” ठेक्काको रकम १० करोड ९२ लाख रुपैयाँ रहेको छ।

झापाको भद्रपुर–राजगढ सडक २० किलोमिटर खण्डमा नाली र कल्भर्ट निर्माणको ठेक्का खाम्पाचे शेर्पा निर्माण सेवाले २०७७ चैत ११ मा लिएको थियो। तर अहिलेसम्म कामको प्रगति केवल ४५ प्रतिशत छ। यस सडकको काम २०७९ असोज १० भित्र सम्पन्न हुनुपर्ने थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka