Premier Cables
Premier Steel

कोशी प्रदेश

कन्काई पुल निर्माण ठेक्का १४ वर्षपछि तोडियो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द गरिएको छ। हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल लामो समयदेखि अलपत्र अवस्थामा थियो।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पप्पु–महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँगको ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी सार्वजनिक सूचनामार्फत गराएको छ।

बिज्ञापन

गत ३१ असोजमा निर्माण व्यवसायीलाई १५ दिनभित्र कारण देखाउन माग गरिएको थियो। तर प्राप्त स्पष्टीकरण असन्तोषजनक भएको कार्यालयका प्रमुख युवराज पोखरेलले बताए। उनका अनुसार सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गर्नुको विकल्प छैन।

यो पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा निर्माण गर्न ३१ जेठ २०६८मा जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। ३० जेठ २०७२ भित्र काम सक्ने सम्झौतामा पाँचपटक म्याद थप्दा पनि निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र भएको अधिकारीले जनाए।

करसहित ठेक्का रकम ३४ करोड ९ लाख रुपैयाँ रहेको र ठेक्का रद्दसँगै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत हुनेछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत असोजमा अलपत्र रहेको कन्काई पुल स्थल निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले काम नगर्ने र आयोजना लत्याउने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिए। सोही निर्देशनअनुसार ठेक्का रद्द प्रक्रिया अघि बढाइएको बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka