Premier Cables
Premier Steel

राजनीति

राष्ट्रिय सभामा रिक्त पदमा माघ ११ गते निर्वाचन

Calendar बिहिबार, कार्तिक १३, २०८२  | बिहान ८:२० बजे

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ ११ गते आइतबार निर्वाचन गराउने निर्णय गरेको हो । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदैछ । जसमा नेकपा एमालेका आठ, माओवादी केन्द्रका सात, तथा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक सदस्य छन् । यस्तै एक जना मनोनित सदस्यको पनि पदावधि सकिँदैछ ।

बिज्ञापन

यस्तै मन्त्रिपरिषद् बैठकले संसद्‍‌का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक खर्च कम गर्ने गरी स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कार्तिक १७ देखि हुने कतार भ्रमण पनि स्वीकृत गरेको छ । यस्तै अनलाइन दर्ता र नविकरणसम्बन्धी व्यवस्थाका लागि बनेको छापाखाना र प्रकाशन नियमावली संशोधन स्वीकृत भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka