Premier Cables
Premier Steel

राष्ट्रिय

सिंगापुर पुगे देउवा दम्पत्ति

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८२  | बिहान ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन्।

गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् स्वास्थ्य उपचारका लागि काठमाडौंबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।

बिज्ञापन

विमानस्थलमा ओर्लिएपछि दुवै जना ह्विलचेयरमा देखिएका थिए।

भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा भएको आक्रमणका क्रममा उनीहरू कुटपिटमा परेका थिए र घरमा आगजनी पनि भएको थियो। त्यसपछि लामो समय सार्वजनिक नदेखिएका देउवा दम्पती असोज २८ गते मात्र पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देखिएका थिए।

पार्टीको नियमित कामकाज सञ्चालनका लागि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka