Premier Cables
Premier Steel

कोशी प्रदेश

बेलबारीमा राजीनामा दिएका मेयर र उपमेयर काममा फर्कन खोज्दै

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines

बेलबारी । ‘जेनजी आन्दोलन’का क्रममा राजीनामा दिएका बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरूलाई पुनः काममा फर्काउन नेपाली कांग्रेस र नेकपा एमाले सक्रिय भएका छन्।

आन्दोलनको चर्को चरणमा नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा (कोइराला) र विभिन्न वडाध्यक्षहरूले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। आन्दोलनलाई एक महिना बितिसकेको अवस्थामा प्रमुख राजनीतिक दलहरूले उनीहरूलाई पुनः कार्यक्षेत्रमा फर्काउने पहल थालेका हुन्।

बिज्ञापन

सोमबार बेलबारी नगरपालिकामा बसेको बैठकमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू तथा कांग्रेस र एमालेका जिम्मेवार नेताहरू सहभागी थिए। बैठकले राजीनामा दिएका जनप्रतिनिधिहरूलाई पुनः जिम्मेवारी सम्हाल्न औपचारिक आग्रह गरेको हो। बैठकमा सहभागी स्रोतका अनुसार, जनप्रतिनिधिहरू सकारात्मक संकेत दिइसकेका छन्।

दलहरू आ-आफ्ना जनप्रतिनिधिहरूलाई मनाउने प्रयासमा छन् भने सर्वदलीय सहमति कायम गर्न अन्य राजनीतिक दलहरूसँग पनि समन्वय गरिएको छ। सर्वदलीय बैठकको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

गएको आन्दोलनका क्रममा बेलबारी नगरपालिकाको कार्यालयसहित विभिन्न वडा कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। क्षतिको कारण हाल केही कोठाबाट मात्र सेवा प्रवाह भइरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka