Premier Cables
Premier Steel

समाचार

राजीनामा दिने उपमेयरहरुको तर्कः फेसबुक ह्याक भएको बेला के भयो थाहा भएन !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ३०, २०८२  | साँझ ५:२३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । झापाको कमल गाउँपालिकामा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले जेनजी उत्कर्षमा भएका बेला फेसबुकबाट राजीनामा दिएको घोषणा गरिन । मोरङ बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले पनि सामाजिक सञ्जालमार्फत नै आफ्नो पद र कांग्रेस पार्टी नै परित्याग गरेको घोषणा गरिन ।

आन्दोलनसँगै चर्किएको आगजनी लगायत घटनाबाट त्रसित भएका स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिएको बुझ्न सकिथ्यो । विराटनगरमा कोसी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे र उनकी श्रीमतीले त विज्ञप्ति नै प्रकासन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

बिज्ञापन

कमल गाउँपालिका उपाध्यक्ष न्यौपाने नेकपा एमाले कोशी प्रदेश कमिटीकी लेखा समिति सदस्य पनि हुन् ।

तर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले उपाध्यक्षको राजीनामा सम्बन्धी फेसबुक पोष्ट आफूले देखेको भए पनि सो सम्बन्धिमा लिखित कुनै पनि चिठठी कार्यालयमा दर्ज नभएको बताएका छन् । बेलाबारीको अवस्था पनि त्यस्तै छ । ढकालले भने,फेसबुकमा चाहिं देखेको थिएँ त्यसबारेमा अहिलेसम्म कुनै लिखित कागजात वा राजीनामा पत्रबारे कार्यालयमा औपचारिक जानकारी आएको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (२) मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उप–प्रमुख, गाउँ कार्यपालिकाको सदस्य, नगर कार्यपालिकाको सदस्य, जिल्ला समन्वय समितिको प्रमुख वा उप–प्रमुख, सदस्य वा विशेष संरचना भएको स्थानीय तहको कार्यपालिकाको प्रमुख वा उप-प्रमुख, सदस्यले पदबाट राजीनामा दिन चाहेमा मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखलाई लिखित राजीनामा दिन सक्ने व्यवस्था छ । तर उपाध्यक्ष न्यौपानेले जेनजे समुहको आन्दोलनको समयमा अकस्मात गाउँपालिका उपाध्यक्ष र पार्टीबाट समेत राजीनामाको घोषणा गरेकी थिइन् ।

यसबारेमा उपाध्यक्ष न्यौपानेसँग यथार्थ जानकारी लिन खोज्दा उनले आफ्नो फेसबुक ह्याक भएको जस्तो लक्षण देखिएको भन्दै सो सम्बन्धमा पछि कुरा गर्ने बताइन् । न्यौपानेले चलाउँदै आएको फेसबुक अकाउण्ट समेत डि एक्टीभ गरेको पाइएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले चलाउने आफ्नो फेसबुक अकाउण्ट डि–एक्टीभ गरेर सार्वजनिक महत्व र सरोकारका बिषयमा जानकारी लिन खोज्दा फेसबुक ह्याक भएको जस्तो लक्षण छ भन्दै पन्छिन खोजेकी हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka