Premier Cables
Premier Steel

विराटनगर

मोरङ जिल्ला प्रशासन कार्यालयबाट राहदानी सेवा पुनः सुरु, पहिलो खेपमा ५०० आवेदन लिने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | साँझ ६:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राहदानी (पासपोर्ट) सेवा पुनः सुरु गरेको छ। यसअघि कार्यालयमार्फत तीन वटा दर्ता केन्द्रहरू र इलाका प्रशासन कार्यालय रंगेलीबाट राहदानी सेवा दिइँदै आएको थियो। अब भने तत्कालका लागि एक मात्र केन्द्रबाट सेवा प्रदान गरिनेछ।

भदौ २४ गते कार्यालयमा भएको आगजनीका कारण सबै दर्ता केन्द्रहरू र अन्य प्रणालीहरू पूर्ण रूपमा नष्ट भएका थिए। हाल राहदानी विभागबाट केवल एक केन्द्र मात्र प्राप्त भएकाले नागरिकहरूले धैर्यपूर्वक सेवा लिन प्रशासनले अनुरोध गरेको छ।

बिज्ञापन

राहदानी मासिएको वा जली नष्ट भएको अवस्थामा समेत सेवाग्राहीले अनलाइन आवेदन फारम आफैँ भरेर कार्यालयमा ल्याउनु पर्नेछ। यस्ता अवस्थामा पुरानै राजस्वमा पुनः दर्ता गरिनेछ।

असोज २८ गतेदेखि कार्तिक २ गतेसम्मका लागि भोलि मंगलवार ५०० वटा अनलाइन आवेदन फारम कार्यालयबाट एकमुष्ट रूपमा खोलिने जनाइएको छ। आइतबारदेखि बिहीबारसम्म अधिकतम १०० जना र शुक्रबार अधिकतम ७५ जना सेवाग्राहीलाई मात्र पहिले आउनेलाई प्राथमिकता दिई सेवा प्रदान गरिनेछ।

यसअघि आवेदन दिइसकेका राहदानी क्रमशः छपाइ भई प्राप्त भएपछि वितरण गरिने कार्यालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka