Premier Cables
Premier Steel

विराटनगर

मोरङका सिडिओले कार्यालय समयमा ‘टिपर रोक्छु’ भने तर रोक्न सकेनन् !

Calendar बुधबार, पुष ३०, २०८२  | बिहान ११:१४ बजे

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कट्टेलले आफ्नो कार्यकाल सम्हाल्दै गर्दा सर्वसाधारणले अनुभूति गर्ने गरी काम गर्ने तर धेरै प्रचारमुखी नहुने प्रतिवद्धता जनाएका थिए ।

आफ्नो कार्यकालको प्रमुख दुई मुख्य उद्देश्य- काम र खबरदारी हुने बताएउँदै उनले जिल्लामा सुशासन, सुरक्षा र विकासका कार्यहरूमा ठोस नतिजा दिने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । यस क्रममा उनले धेरै सरोकारवालासँग छलफल पनि गरे ।

बिज्ञापन

विराटनगरका पत्रकारहरुसँगको छलफलमा हुने आफू रिजल्ट ओरिएन्टेड भएर काम गर्ने बताएका थिए । त्यसबेला सांरकर्मीले कार्यालय समयमा मालवाहक टिपर सहरी क्षेत्रमा कुदाइँदा दुर्घटनाको जोखिम बढाएको र सर्वसाधारणलाई सास्ती भएको भन्दै ध्यानाकर्षण गराएका थिए । सिडिओ कट्टेलले यसलाई ‘टाइम कार्ड’ लगाएर व्यवस्थित गर्ने बताए । तर, उनको कार्यकालको तीन महिना बित्न लागेपनि काम भने गरेका छैनन् ।

यसअघि कार्यालय समय खासगरी बिहान र साँझको समयमा पुष्पलाल चौक हुँदै विराटनगरको सहरी क्षेत्रमा दौडने टिपर रोक्न अघिल्लो कार्यकालका प्रजिअ पनि असफल देखिएका थिए ।

सीडीओ कट्टेलले ,“हामी मोलाहिजा गरेर होइन, रिजल्ट दिएर काम गर्छौं। एक हप्ताभित्रै ठोस कदमहरू देख्न पाइनेछ।” भनेर दिएको प्रतिवद्धता व्यवहारमा भने पूरा हुन सकेको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka